साम्यवादी समाज वर्गविहीन, राज्यविहीन र कानुनविहीन समाज हुनेछ

बहुदलीय व्यवस्थामा पनि प्रतिनिधिसभामा तीन प्रतिशत र प्रदेश सभामा साढे एक प्रतिशतको कानुनी प्रावधान राखेर दलहरूलाई निषेध गरेर दुईदलीय तानाशाही लाद्न खोजेको आरोप
अर्घाखाँचीका गाउँ गाउँमा नेमकिपाको घरदैलो

नेपाल मजदुर किसान पार्टीको तर्फबाट अर्घाखाँची जिल्लाको प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूको बिहीबार घरदैलो कार्यक्रम भयो ।
नेमकिपालाई अर्घाखाँचीमा राम्रो पार्टी, मत दिनुपर्ने पार्टी रहेको प्रतिक्रिया स्थानीय मतदाताले दिएको बताइएको छ ।
चितवनको विभिन्न ठाउँमा चुनाव प्रचार

नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति चितवन क्षेत्र नं. २ को आयोजनामा बिहीबार नारायणगढ बजारको लायन्सचोक, सहिदचोक, पोखरा बसपार्क, भरतपुरको चौबिसकोठी, कालिका नपाको शक्तिखोर बजारमा कोणसभा तथा चुनाव प्रचार प्रसार
निर्वाचन पुँजीवादी र समाजवादी विचारबिचको लडाइँ निर्वाचन जनताको राजनीति चेतना जगाउने अवसर

नेमकिपा समाजवादको लागि लामो समयदेखि जनतालाई जगाउन लागिपरेको चर्चा गर्दै उहाँले भन्नुभयो, “जनताको राजनीतिक चेतना जगाउने अवसरको रूपमा निर्वाचनलाई पार्टीले उपयोग गर्दै आएको हो । यस्तो निर्वाचनमा धेरै मत आयो भने जनता समाजवादको पक्षमा जनमत यति भन्ने बुझिन्छ । त्यसैले हामीले निर्वाचनलाई जनताको चेतना नाप्ने ब्यारोमिटर भनेका हौँ ।
शासक दलहरू आफ्नो घोषणापत्रमा नेपालको अतिक्रमित सीमा, गोरखा भर्ती, अग्निपथबारे केही नबोली भारतीय विस्तारवादको सेवामा व्यस्त

भारतले माओवादीलाई नेपालविरुद्ध गतिविधि गर्न तयार पारेकोले नेकपा माओवादी भारतीय ट्रोजन हर्स साबित भएको विचार व्यक्त गर्दै उहाँले जालीझेलीहरूले पैसा बाँडेर, भोज खुवाएर युवाहरूलाई बिगारेर निर्वाचन जित्न रातारात मतपेटिका साट्न सक्ने सम्भावनातर्फ जनता सचेत हुनुपर्ने
दैलेखको नारायण नपा र महाबु गाउँपालिकामा कोणसभा

नेपाल मजदुर किसान पार्टी निर्वाचन प्रचारप्रसार समिति क्षेत्र नं. १ दैलेखको आयोजनामा नारायण नगरपालिका र महाबु गाउँपालिकाका विभिन्न स्थानमा चुनावी कोणसभा, पर्चा वितरण र घरदैलो कार्यक्रम । कामदार वर्गका जनताको कुरालाई सदनमा पु¥याउन नै नेमकिपाले उम्मेदवारी दिएको ।
शासक दलहरूले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाए

सिद्धान्त र विचारलाई तिलाञ्जली दिएर शासक पार्टीहरूले नेपाली जनतालाई घात गरिरहेको उल्लेख गर्दैै उहाँले विदेशी पुँजी र शक्तिराष्ट्रको पछि लागेर देश कसरी विकास हुन्छ
समाज परिवर्तनको लागि नेमकिपा सङ्घर्षरत

यो संसद्को चुनाव हो । तर, शासक दलहरू स्थानीय चुनावको नारा लिएर आएको सुन्दा शासक दलहरूको बौद्धिकता थप प्रस्ट भएको ।
विचार र सिद्धान्त नमिल्ने शासक पार्टीहरूको गठबन्धन अप्रजातान्त्रिक

प्रजातन्त्र पुनःस्थापना भएको ३३ वर्ष भइसके पनि कामदार जनताको जीवनस्तरमा कुनै तात्विक भिन्नता नआएको । शासक पार्टीका कार्यकर्ताहरूले व्यक्तिगत स्वार्थमा लाग्ने नेतृत्वको गुलामी गर्न छोडेपछि देशमा प्रजातन्त्रको मिर्मिरे बिहानी आउनेछ ।
एमसीसी पक्षधरहरूलाई परास्त गर्नुपर्छ

देशघाती एमसीसी, एसपीपी र नागरिकता विधेयक पक्षधरहरूलाई परास्त गरी नेमकिपालाई जिताउन मादल चिह्नमा मतदान गर्न आह्वान