भक्तपुर, २० असार । अन्तर्राष्ट्रवादी महिला नेतृ क्लारा जेटकिनको १६८ औँ जन्मदिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ प्रभात एकाइ समितिको आयोजनामा शुक्रबार अध्ययन गोष्ठी सम्पन्न भयो ।
गोष्ठीमा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले सङ्घका सदस्यहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति एवं समसामयिक विषयमा जानकारी राख्नु जरूरी भएकोले नियमित छलफल एवं अध्ययन गोष्ठी गरिरहनुपर्छ भन्नुभयो ।
विश्वमा अशान्ति भइरहनुमा अमेरिकी साम्राज्यवाद प्रमुखरूपमा दोषी रहेको चर्चा गर्दै सांसद सुवालले भन्नुभयो, “इजरायल र संरा अमेरिकाले इरानलाई हमला गरे । इरानले पनि इजरायल र संरा अमेरिकी हमलाको जवाफस्वरूप प्रत्याक्रमण ग¥यो । इजरायलले प्यालेस्टिनमाथि गरेको आक्रमण र युक्रेन–रूसबिचको युद्धबारे जनतालाई यथार्थ जानकारी गराउनु आवश्यक छ† अमेरिकी साम्राज्यवादी आक्रामक नीतिको विरोधमा ऐक्यबद्धता जनाउनु न्यायप्रेमी जनताको कर्तव्य हो ।”
उहाँले भन्नुभयो, “अमेरिकी राष्ट्रपति ट्रम्प नोवेल शान्ति पुरस्कार दाबी गर्न भारत–पाकिस्तानबिचको युद्ध र इजरायल–इरानबिचको युद्धलाई रोकेको दाबी गर्दै छन् । भारतका प्रधानमन्त्री मोदीले भारत–पाकिस्तानबिचको युद्धविराममा अमेरिकी राष्ट्रपति ट्रम्पको कुनै हात नभएको बताएका छन् । एक आक्रमणकारी ट्रम्पले नोवेल शान्ति पुरस्कारको आशा गर्नु न्यायोचित छैन ।”
प्रभात सेकेन्डरी स्कूल व्यवस्थापन समितिका सदस्य एवं नेक्रामसङ्घका केन्द्रीय सदस्य रोशनमैयाँ सुवालले विश्वका क्रान्तिकारी महिलाहरूको जीवनी र क्रान्तिकारी नेतृहरूले समाजवादी आन्दोलनमा पु¥याएको योगदानबारे ज्ञान लिनु जरूरी छ भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अर्का सदस्य गौतम लासिवाले क्लारा जेटकिनले महिलाहरूको हक, हित र अधिकारको लागि सङ्घर्ष गरेकै कारण उहाँ कामदार जनताको नेतृको रूपमा परिचित हुन सफल भएको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष मीरा दुगुजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा सानुमाया प्रजापति, टीना सिंह, रमिता सुवाल, आकृति सुवाल, सुमित्रा कर्माचार्य र सव्रिना पक्काले अन्तर्राष्ट्रिय महिला नेतृहरू जेनी माक्र्स, क्लारा जेटकिन, अन्ना लुइ स्ट्रङको जीवनीबारे चर्चा गर्नुभएको थियो ।