“अमेरिकी साम्राज्यवाद युद्ध सरदार हो”


भक्तपुर, ३२ साउन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ मध्यपुर नगर समितिको आयोजनामा पत्रकार समाज नेपालद्वारा प्रकाशित ‘अमेरिकाको प्रजातन्त्र’ पुस्तकबारे बुधबार अध्ययन गोष्ठी सम्पन्न भयो ।
उक्त गोष्ठीमा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले अमेरिकी प्रजातन्त्र र मानव अधिकार न्याय र समानतामा आधारित नभएको धारणा राख्दै संरा अमेरिकी सरकार एक ध्रुवीय नीति संसारमा लाड्न खोजेको बताउनुभयो ।
युरोपेली सङ्घका अध्यक्षले अमेरिकाजस्तो साथी भए शत्रु खोज्न नपर्ने भन्नुभएको कटाक्ष सचिव सुवालले स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकी साम्राज्यवाद युद्ध सरदार हो । संसारमा सबैभन्दा बढी हतियार उत्पादन गर्ने र बिक्री गर्ने व्यापारी अमेरिकी सरकार नै हो ।”
अमेरिकी स्वार्थको लगानी तथा अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी, एसपीपी अमेरिकी नेतृत्वको सैन्य मोर्चा नै भएको उहाँले स्पष्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “बीआरआई, जीएसआई र जीडीआई चीनको अगुवाइ विश्व मानव सञ्जालको साझा विकासको लागि हो । यसमा सैन्य मोर्चाको कुनै गन्ध छैन ।”
कार्यक्रममा नेमकिपा मध्यपुर नगर समितिका अध्यक्ष रमेश वैद्य र सुरेन्द्र था श्रेष्ठले पनि बोल्नुभएको थियो ।​​​​​​​

पार्टी गतिविधिहरु
समाचार