किसान सङ्घको स्थापना दिवसमा जुम्लामा ¥याली र सभा


जुम्ला, १४ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घको ५६ औँ स्थापना विदसको अवसरमा नेपाल क्रान्तिकारी किसान सङ्घ जुम्ला जिल्ला समितिले किसानहरूको ¥याली ग¥यो ।
जुम्ला बजारबाट सुरू भएको ¥याली टुँडीखेल, जिल्ला प्रशासन कार्यालय हुँदै कृष्ण मन्दिर पुगेर सभामा परिणत भएको थियो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेले नेक्राकिसङ्घ देश र जनताप्रति समर्पित सङ्गठन हो भन्नुभयो ।
पुँजीवादी पार्टीका शासकहरूले शोषित–पीडित जनताको हित नगर्ने, विदेशी अगाडि घुँडा टेक्ने र भ्रष्टाचार र कमिसनमा बढावा दिई देशमा अराजकता निम्त्याइरहेको बताउनुभयो ।
नेमकिपा कर्णाली प्रदेश समितिका सदस्य शिव डाँगीले किसान सङ्घको गतिविधिबारे प्रकाश पार्दै सरकारले किसानहरूको अहितमा काम गरिरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ जुम्लाका अध्यक्ष माधवप्रसाद काफ्लेले स्वदेशमै स्वरोजगारको व्यवस्था गरे युवाहरू विदेश पलायन नहुने विचार व्यक्त गर्नुभयो ।
नेक्राशिसङ्घका पूर्वकेन्द्रीय सदस्य जङ्गबहादुर शाहीले शिक्षामा विभेद रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका जुम्ला जिल्ला समितिका अध्यक्ष राज्यलक्ष्मी न्यौपानेले महिलाहरू अन्धविश्वास, कुरीति र विसङ्गतिबाट माथि उठेर समाज परिवर्तनको निम्ति लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा जिल्ला समिति जुम्लाका अध्यक्ष पूर्णलाल खत्रीको सभापतित्वमा भएको सो सभामा नेमकिपा जुम्लाका पूर्वसचिव जयकृष्ण न्यौपानेलगायतले बोल्नुभएको थियो ।
स्मरणीय छ, २०२५ साउन १४ गते नेपाल क्रान्तिकारी किसान सङ्घको स्थापना भएको थियो ।

पार्टी गतिविधिहरु
समाचार