भक्तपुर, २२ माघ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् भक्तपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार प्रेम सुवालले बिहीबार चाँगुनाराण नगरपालिका वडा नं ५, छालिङ खड्का गाउँका स्थानीय जनतासँग भेट गर्नुभयो ।
स्थानीय जनतासँगको भेटमा सचिव सुवालले भन्नुभयो, “शासक दलहरूले जनतालाई सार्वजनिक ऋण ३० खर्ब बोकाए† युवालाई वैदेशिक रोजगारीको नाममा बहुराष्ट्रिय कम्पनीको सस्तो ज्यामी बनाए । युवा बेच्ने र कृषिप्रधान देश नेपाललाई चाहिने खाद्यान्नसमेत विदेशबाट किन्नुपर्ने स्थितिमा पु¥याउने सरकारहरू जनताका होइनन् ।”
पटक–पटक सरकारमा गएका शासक दलहरूले देशको सन्तुलित विकास गर्न नसकेको र जिल्ला जिल्लाबाट सांसद जितेका शासक दलका नेताहरूले काठमाडौँमा घरजम गरी बसेको हुँदा देशको सन्तुलित विकास नभएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टी राति उज्यालो दिने चन्द्रमा र समुद्रमा जहाजलाई बाटो देखाउने ‘प्रकाशस्तम्भ’ जस्तै हो । नेपाल मजदुर किसान पार्टीका निर्वाचित प्रतिनिधिहरूले संसद्मा पुगेर नेपालको राजनीतिलाई सही बाटो देखाउनेछन् ।”
सचिव सुवालसमेत नेपाल मजदुर किसान पार्टीका साथीहरूको टोली पार्टीका शुभचिन्तक चानपा ५, छालिङका राजन खड्काकी ममतामयी आमा धनकुमारी खड्का (निधन–२०८२ माघ १८ गते) र कमलबहादुर खड्काको बुहारी तथा रामहरि खड्काकी पत्नी द्रौपदा खड्का (निधन–२०८२ माघ १० गते) को असामयिक निधनमा श्रद्धाञ्जली प्रकट गर्न सम्बन्धित परिवारजनको घरमा पुग्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सृजना सैँजू, नेमकिपा चाँगुका अध्यक्ष न्हुछेभक्त फोजू, वाग्मती प्रदेशसभाका सदस्य गीता काफ्ले, नेक्रायुसङ्घका केन्द्रीय अध्यक्ष मिनबहादुर बाटा र नेमकिपाका कृष्णबहादुर खड्कालगायत टोलीमा संलग्न हुनुहुन्थ्यो ।