भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेमकिपाद्वारा दुःख व्यक्त


भक्तपुर, १८ कार्तिक । जाजरकोट भूकम्पमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै नेपाल मजदुर किसान पार्टीले शनिबार एक प्रेस वक्तव्य जारी गरेको छ । पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ :
२०८० कार्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१ लामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गयो । सो भूकम्पमा परेर हालसम्म १३६ जनाको मृत्यु र १६१ जना घाइते भए भने भूकम्पमा दैलेख, जुम्ला र रोल्पाका ७ जना घाइते भए ।
नेपाल मजदुर किसान पार्टी भूकम्पमा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । विपदको यो घडीमा एक आपसमा सहयोग गर्न सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइमा हामी अनुरोध गर्दछौँ । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा तत्काल प्रभावकारी उद्धार, राहत, घाइतेको उपचार एवम् पीडितको पुनःस्थापना गर्ने काम अगाडि बढाउन हामी नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौँ ।

पार्टी गतिविधिहरु
समाचार