नेमकिपाको नेम्वाङप्रति श्रद्धाञ्जली


काठमाडौँ, ३१ भदौ । नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिहरू प्रेम सुवाल, सुनिल प्रजापति, सुरेन्द्रराज गोसाईसहितको टोलीले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवम् प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको भदौ २६ गते असामयिक निधन भएकोमा नेम्वाङको निवास काठमाडौँ बालुवाटार पुगेर उहाँप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त ग¥यो ।
तत्कालीन पञ्चायती सरकारले २०४५ साल भदौ ९ गते राज्यस्तरबाट षड्यन्त्र गरी नेमकिपाका ६७ जना नेता–कार्यकर्ताहरूविरूद्ध झूटा ज्यान मुद्दा लगाउँदा न्यायको पक्ष लिनेहरूमध्ये अधिवक्ता सुवासचन्द्र नेम्वाङ पनि एकजना हुनुहुन्थ्यो ।
उहाँजस्ता धेरै जनाको सहयोगमा पञ्चायती राज्यस्तरको षड्यन्त्रको जाली मुद्दा २०४७ साल वैशाख ५ गते सरकारले फिर्ता लिएको थियो भने नेमकिपाका नेता–कार्यकर्ताहरू सबै रिहा हुनुभएको थियो । २०७९ मङ्सिर ४ गते भएको संसदीय निर्वाचनमा नेम्वाङ इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो ।

पार्टी गतिविधिहरु
समाचार