विभिन्न जिल्लामा “भक्तपुर काण्ड” को भत्र्सना कार्यक्रम


काठमाडौँमा प्रदेशस्तरीय कार्यकर्ता भेला तथा छलफल कार्यक्रम
नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट पार्ने उद्देश्यले रचित भक्तपुर काण्ड तथा समसामयिक विषयमा नेमकिपा कोशी प्रदेश समितिको आयोजनामा प्रदेशस्तरीय कार्यकर्ता भेला तथा छलफल कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शासक दलका पार्टीहरूले कम्युनिस्टको नाउँमा जोकोहीलाई टीकोटालो लगाएर पार्टी सदस्यता वितरण गर्नु कम्युनिस्ट आचरण नभएको बताउनुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टीले लेनिनवादी नीतिअनुसार निर्वाचनलाई उपयोग गरी जनता सचेत पार्ने कामबाट पञ्चायत रुष्ट भई पार्टी नष्ट गर्न भक्तपुर काण्ड रचेको हो भन्नुभयो । उहाँले पार्टीका कार्यकर्ता इमानदार र सक्रिय भए पार्टीलाई समस्या हुँदा कार्यकर्ताहरू पछि नहट्ने भएकोले पार्टी प्रकाशन अध्ययनमा जोड दिनुभयो ।

उहाँले पार्टी सदस्यता सङ्ख्यात्मक हिसाबमा कम भए तापनि वैचारिकरूपमा नेमकिपा बलियो भएको कुरा उल्लेख गर्दै समाजवादी बन्दोबस्तमा मात्र आर्थिक समानता हुने भएकोले सक्रिय भएर लाग्न उत्साहित गर्नुभयो ।
कोसी प्रदेशका संयोजक उकेश कवांले पुँजीपतिवर्गले कामदारवर्गलाई सहजरूपमा अगाडि बढ्न नदिने हुँदा राजनीतिकरूपमा सचेत हुनुपर्ने बताउनुभयो । शासक दलहरू पद र पैसाको लागि कुनै पनि हदसम्मको जान सक्नेबारे विश्वको विभिन्न घटनाको उदाहरण राख्दै यसबाट शिक्षा लिनुपर्छ भन्नुभयो ।
नेमकिपा कोसी प्रदेश समितिका सदस्य दिनेश खड्गीले राइखस्टागमा आगलागी, नेमकिपा उदयपुरका संयोजक विष्णु खत्रीले काल्पनिक समाजवाद, नेमकिपा खोटाङका संयोजक भोजराज बस्नेतले सय वर्षपछिको भक्तपुर, नेमकिपा ओखलढुङ्गाका संयोजक ढकराज थापाले समाज विकासको एक झलक र कुमार तामाङले ‘भक्तपुर’ मासिकमा प्रकाशित लेखको विषयमा आ–आफ्नो अध्ययन प्रस्तुत गर्नुभएको थियो ।
कोसी प्रदेशका संयोजक उकेश कवांको सभापतित्वमा भएको भेलामा प्रदेश समितिका सदस्य महेन्द्र बखुन्छेले पनि बोल्नुभएको थियो ।

भक्तपुर काण्ड राज्यस्तरको षड्यन्त्र
ललितपुर । नेपाल मजदुर किसान पार्टी ललितपुर जिल्ला समितिको आयोजनामा भएको भक्तपृुर काण्डको विरोध एवं भत्र्सना कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले भक्तपुर काण्ड नेमकिपालाई समूल नष्ट गर्ने उद्देश्यले राज्यस्तरले गरेको षड्यन्त्र हो भन्नुभयो ।
“नेपाल मजदुर किसान पार्टीको स्वार्थ भनेको कामगरी खाने सम्पूर्ण जनताको हित र देशलाई स्वाधीन बनाउनु हो । पुँजीवादी व्यवस्थालाई परास्त गरी समाजवादी बन्दोबस्त नआएसम्म सम्पूर्ण जनताको हित नहुने हुँदा यस्ता षड्यन्त्र भइरहनेछ,” उहाँले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी वाग्मती प्रदेशका प्रतिनिधि एन. वी श्रेष्ठले नेपाल मजदुर किसान पार्टीले कामदार जनतालाई शासकवर्गमा पु¥याउन खोजेकोले सामन्त, शोषक र पुँजीपतिहरूलाई असह्य भएकोले नेमकिपाविरुद्ध षड्यन्त्र गरेको हो भन्नुभयो । उहाँले देशका प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ, राष्ट्रिय पञ्चायत नीति तथा जाँचबुझ समितिका अध्यक्ष नवराज सुवेदी, गृहमन्त्री निरञ्जन थापा र सञ्चारमन्त्री कमल थापालगायतले रोहितलाई फाँसी दे भनेर नारा लगाउनु र घटनालाई साम्य गर्ने प्रयास नगरी निर्दाेष नेता कार्यकर्ताहरूलाई क्रूर र अमानवीय यातना दिनु र विशेष अदालत गठन गर्नुबाट उक्त घटना राज्यस्तरको षड्यन्त्र प्रमाणित हुन्छ भन्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका गौरवले पञ्चायती सरकारले कामदार जनतालाई राजनैतिकरूपले सचेत पार्ने, भारतले नेपालको सीमा अतिक्रमणको विरोध गर्ने, अमेरिकी साम्राज्यवादको विरोध गर्ने, बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, मोहियानी हक कायम गराउने आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन र समाजवादको पक्षमा वकालत गर्नेजस्ता देश र जनताको सेवा गरेको हुँदा सहन नसकेर भक्तपुर काण्डको षड्यन्त्र रचेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी ललितपुर जिल्ला समितिका उपाध्यक्ष अशोक महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा नरेश महर्जन, कवीन्द्र डंगोल, सुनकेस्रा शाही र दिव्यलक्ष्मीले पनि आ–आफ्नो विचार राख्नुभएको थियो ।

चितवनमा “समाज विकासको एक झलक” पुस्तकबारे छलफल
भक्तपुर काण्डको भत्र्सना गर्दै शनिबार नेमकिपा चितवन जिल्ला समितिको आयोजनामा प्रशिक्षण कार्यक्रमसहित ‘समाज विकासको एक झलक’ पुस्तकबारे अध्ययन गोष्ठी कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले कामदारवर्ग र शासकवर्गबिच समाजमा सधैँ सङ्घर्ष भइरहने बताउनुभयो ।
जातजाति, भाषा, धर्म, क्षेत्रको विषय अगाडि ल्याएर वर्गीय आन्दोलनलाई अगाडि बढाउन नदिने शासकहरूको प्रवृत्तितर्फ कार्यकर्ताहरू सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
“समाज विकासलाई बुझ्न ‘समाज विकास एक झलक पुस्तक’ अत्यन्त सान्दर्भिक पाठ्य सामग्री हो, पार्टी प्रकाशनहरू नियमितरूपमा अध्ययन गरी कार्यकर्ताबिच अन्तरक्रिया र छलफल चलाउनुपर्छ”, उहाँले भन्नुभयो ।

कामदार जनताको प्रजातन्त्र समाजवादी गणतन्त्र स्थापनाको लागि नेमकिपाले देश र जनताको निःस्वार्थपूर्वक सेवा गरेको सहन नसकेर पञ्चायतले नेमकिपालाई समूल नष्ट गर्ने दुस्प्रयाससहित राज्यस्तरबाट रचिएका एउटा क्रूर षड्यन्त्र भक्तपुर काण्ड भएको उहाँले बताउनुभयो ।
नेमकिपा चितवनका अध्यक्ष हरिप्रसाद दुवालले सस्तो लोकप्रियताको नाममा नयाँ उडाएका पार्टीहरूका विभिन्न गतिविधिहरूबारे पार्टी कार्यकर्ताहरू सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा राजकुमार श्रेष्ठ, मोहनबहादुर प्रजा, ज्ञानेन्द्र प्रजा, दिपेश थापामगर, विष्णु शर्मा, अर्जुन प्रजा, लक्ष्मी चेपाङलगायतले पुस्तकबारे आ–आफ्नो अध्ययनको सार राख्नुभएको थियो ।

अछाममा कार्यकर्ता भेला
भक्तपुर काण्डको भत्र्सनास्वरूप अछाममा कार्यकर्ता भेला भयो । भेलामा नेमकिपा अछामका अध्यक्ष झङ्करबहादुर शाहीले भक्तपुर काण्डको पृष्ठभूमिबारे जानकारी गराउँदै इमानदार कार्यकर्ताहरूलाई फसाउन आगामी दिनमा पनि त्यस्ता षड्यन्त्रहरू हुनसक्नेतर्फ सचेत गराउनुभयो ।

कार्यक्रममा विनोद शाही, सुरेन्द्र शाही, महेन्द्र रावललगायतले बोल्नुभएको थियो ।

दैलेखमा अन्तरक्रिया कार्यक्रम
भक्तपुर काण्डको भत्र्सना गर्दै नेमकिपा चामुण्डा विन्द्रासैनी वडा नं. ७ को आयोजनामा शनिबार अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले पञ्चायतकालमा जस्तै अहिले पनि नेमकिपाविरूद्ध प्रतिक्रियावादी शक्तिहरू एक रहेको तर्फ सचेत गराउनुभयो ।
झूटा षड्यन्त्र सफल नहुने एउटा उदाहरण भक्तपुर काण्ड पनि रहेको धारणा राख्दै उहाँले पार्टीको सही नेतृत्वको कारण नेमकिपालाई समाप्त गर्न खोज्ने पञ्चायत आफै समाप्त भएको बताउनुभयो ।
नेमकिपाका पूर्वकेन्द्रीय सदस्य उदयजङ्ग शाहीले नेमकिपाविरूद्ध रचिएको भक्तपुर काण्ड र भेरी–कर्णाली काण्डको इतिहासबारे जानकारी गराउँदै इमानदार नेता–कार्यकर्तालाई फसाउन प्रतिक्रियावादीहरू निरन्तर लागिरहने हुँदा यसतर्फ सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
शिवराज चौलागाईंको सभापतित्वमा भएको उक्त कार्यक्रममा दीपक शाही, खगेन्द्र शाही, धनकुमारी शाही, कृष्ण ढकाल, केशव शाही, इन्द्रप्रसाद चौलागाईं, लवराज ढकाल, जयकला विक, शान्तिप्रसाद चौलागाइँ, दिल्ली खनाल, छवि चौलागाईं, नरेश सावन, धर्मराज चौलागाईं, राजाराम चौलागाईंलगायतले बोल्नुभएको थियो ।

दोलखामा कार्यकर्ता भेला
भक्तपुर काण्डको भत्र्सना गर्दै नेमकिपा दोलखा जिल्ला समितिको आयोजनामा कार्यकर्ता भेला भयो ।
भेलामा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले नेमकिपाले सधैँ देश र जनताको पक्षमा काम गर्दै आएकोले तत्कालीन पञ्चायती व्यवस्थाका हिमायती पञ्चहरू अत्तालिएको र जनता सङ्गठित हुँदै गरेको देखेर कर्ण ह्योजुलाई बलिको बोको बनाई नेमकिपाका नेता–कार्यकर्ताहरूलाई षड्यन्त्रपूर्वक झूटा मुद्दामा फसाउने षड्यन्त्र गरेको बताउनुभयो ।
लेनिनवादी नीतिअनुसार प्रतिक्रियावादी सङ्घ संस्थामा गएर त्यसको भण्डाफोर गर्ने र जनताको सेवा गर्ने नीतिअनुसार तत्कालीन भक्तपुर नगर पञ्चायतमा निर्वाचित भएर नेमकिपाका कार्यकर्ताहरूले जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने सफाइदेखि शिक्षासम्मका कार्य गरेको प्रगतिबाट भक्तपुरमा पञ्चहरूको राज नचल्ने नदेखिएपछि नेमकिपालाई नष्ट गर्न खोजिएको उहाँले बताउनुभयो ।
अहिलेका शासक दलहरूले पनि कहिले नक्कली भुटानी शरणार्थी त कहिले नागरिकता विधेयक वा ललिता निवास काण्डबाट षड्यन्त्र गरिरहेका छन्, उहाँले भन्नुभयो ।
कार्यक्रममा मधेसी सिवाकोटीले गाउँगाउँमा तत्कालीन पञ्चहरू (हालका शासक दलमा नवप्रवेशीहरू) ले नेमकिपाको बारेमा गलत प्रचार गरिएको बताउनुभयो ।
कार्यक्रममा दोलखा जिल्ला सङ्गठन समितिका कृष्णगोविन्द लाखाले इमानदारिताका साथ काम गर्नेलाई जहिले पनि शत्रुहरूको तारो हुनसक्ने भएकोले त्यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा दिल जिरेल, कृष्णबहादुर सुवाल र तीर्थरत्नले पनि बोल्नुभएको थियो ।

काभ्रेमा भक्तपुर काण्ड भत्र्सना कार्यक्रम
“भक्तपुर काण्ड कुनै उत्सव हैन । पञ्चायती व्यवस्थाविरूद्ध सङ्घर्षरत तत्कालीन नेपाल मजदुर किसान सङ्गठनलाई निमोठ्ने राज्यस्तरको षड्यन्त्र हो ।”
उक्त भनाइ नेपाल क्रान्तिकारी महिला सङ्घ काभ्रे जिल्ला समितिद्वारा शनिबार बनेपा आयोजित कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले राख्नुभएको हो ।
उहाँले भन्नुभयो, “नेमकिपाका अग्रजहरूले भ्रष्टाचारको विरोधमा सङ्घर्ष गरेको इतिहास छ । तथापि नेमकिपा व्यक्तिहत्यामा विश्वास गर्दैन । व्यक्तिहत्याविरूद्ध सङ्घर्ष गर्ने पार्टी नेमकिपा भएको पार्टी दस्तावेजले पुष्टि गर्छ ।”
नेमकिपाका केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले राजनीति सरल रेखाजस्तो नहुने हुँदा कार्यकर्ता सचेत भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
आफ्नै बलबुट्टाले देश र जनताको सेवामा निरन्तर लागिरहेका नेमकिपाका नेता, कार्यकर्ताहरूलाई अनेक जालझेल र प्रलोभनले बिटुल्याउन विरोधीहरूले खोजिरहने भएकोले यसतर्फ सधैँ चनाखो हुनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सचिव सुलोचना छ्वाजुले भक्तपुर काण्डको बेला सर्वसाधारणले समेत पञ्चहरूको दमन खेप्नुपरेको हुँदा जनतामा राजनीतिक सचेतता हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । अप्ठेरो अवस्थामा सङ्गठनमाथि विश्वासघात गर्न नहुने तथा विचार लत्याउन नहुने उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ काभ्रे जिल्ला समितिका अध्यक्ष कान्ति अवाको सभापतित्वमा भएको कार्यक्रममा पुण्यशोभा श्रेष्ठ, डा. हरिप्रसाद मानन्धर, लक्ष्मीराम न्हुछेँ प्रधान, शर्मिला प्रजापति, राजु तामाङलगायतले पञ्चायती राज्यस्तरको षड्यन्त्र भक्तपुर काण्डको विरोध तथा भत्र्सना गर्नुभएको थियो ।

कैलालीमाा भक्तपुर काण्डको विरोध सभा
नेमकिपा पार्टी जिल्ला समिति कैलालीको आयोजनामा भक्तपुर काण्डको भत्र्सना गर्दै शनिबार लम्किचुहा १ मा विरोधसभा भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले भक्तपुर काण्डबारे जानकारी गराउँदै देश र जनताको सेवामा लाग्नेहरूविरूद्ध प्रतिक्रियावादीहरूले निरन्तर षड्यन्त्र गरिरहनेतर्फ सचेत गराउनुभयो ।

नेमकिपा कैलाली उपाध्यक्ष लक्ष्मी पुनले नेमकिपा भनेको जनतामा समर्पित र जनताको हितको निमित्त सङ्घर्ष गर्ने पार्टी भएको बताउनुभयो ।
नेमकिपा कामदार जनताको प्रजातन्त्र समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा ज्योति बडुवाल, रत्नादेवी रावल, गजबहादुर दर्लामी, हिक्मत भण्डारी, गगनबहादुर थापामगर, जानकी सिजापति, भक्तिप्रसाद रेग्मीले भक्तपुर काण्डको बारेमा बोल्नुभएको थियो ।

कञ्चनपुरमा भक्तपुर काण्डको विरोध तथा पुस्तकको अध्ययन गोष्ठी
नेपाल मजदुर किसान पार्टी सुदूरपश्चिम प्रदेश सदस्य रमेशकुमार रावलको उपस्थितिमा कञ्चनपुर प्रथम जिल्ला सम्मेलन तयारी समितिका संयोजक दलबहादुर बोहराको अध्यक्षतामा भक्तपुर काण्डको विरोध एवं भत्र्सना कार्यक्रम तथा ‘समाज विकासको एक झलक’ पुस्तकको अध्ययन गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा रावलले भक्तपुर काण्ड नेमकिपालाई समूल नष्ट गर्न पञ्चायतले षड्यन्त्र रचेको बताउनुभयो ।
भक्तपुर काण्डजस्ता घटना फेरि पनि हुने भएकोले सम्पूर्ण साथीहरु सजग रहन आग्रह गर्दै भक्तपुर काण्डको विरोध एवं भत्र्सना गर्नुभयो । उहाँले समाज विकासको एक झलक पुस्तकले अध्ययनले पार्टी कार्यकर्ताको राजनैतिक चेतनामाथि उठ्ने उल्लेख गर्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य गुप्तबहादुर शाहीले हरेक राज्यव्यवस्था दमनकारी हुने भएकोले पञ्चायतले नेमकिपालाई दमन गरेको हो भन्नुभयो ।
समाज विकासको एक झलक पुस्तक मानव विकासको उत्पत्तिदेखि अहिलेसम्मको पँुजीवादी व्यवस्थाका खराबीहरुको बारेमा उल्लेख भएकोले सबैले पढ्नैपर्ने उहाँले बताउनुभयो ।
कञ्चनपुर प्रथम जिल्ला सम्मेलन तयारी समितिका संयोजक दलबहादुर बोहराले अध्यक्षको आशनबाट बोल्दै नेपाल गरिब देश भएकोले विदेशीले फाइदा लिइरहेको बताउनुभयो ।
कार्यक्रममा कञ्चनपुर प्रथम जिल्ला सम्मेलन तयारी समितिका सदस्य मिनु गिरी, सुरेन्द्रराज भट्ट, सीताराम राना र प्रमानन्द भट्टले पनि बोल्नुभएको थियो ।

बारामा भक्तपुर काण्ड भत्र्सना कार्यक्रम
पञ्चायती शासकहरूले नेमकिपालाई अन्त्य गर्ने नियत राखी रचिएको षडयन्त्र भक्तपुर काण्डको भत्र्सना गर्न नेमकिपा बारा जिल्ला समितिले शनिबार सदरमुकाम कलैयामा एक कार्यक्रम आयोजना ग¥यो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा बारा जिल्ला समितिका अध्यक्ष मुक्तिप्रसाद यादवले ०४५ सालको राज्यस्तरको षडयन्त्र भक्तपुर काण्डबारे विस्तृत रूपमा चर्चा गर्दै नेमकिपालाई अन्तय गर्न सारा पञ्चायती शासकहरू लागेको तर जनताको सङ्घर्षले पञ्चायती व्यवस्था नै अन्त्य भएको बताउनुभयो । उहाँले देश र जनताको पक्षमा नेमकिपाको इमानदारीपूर्ण राजनीतिदेखि तर्सेका शासक दलहरूले अहिले पनि अनेक जालझेल गरिरहेका छन् भन्नुभयो ।

कार्यक्रममा नेमकिपा बाराका महबुब मियाँ, जोगिन्द्र महतो, जावेद आलम, नन्दकिशोार यादव र राम एकवाल राउतले पनि भक्तपुर काण्डको भत्र्सना तथा समसामयिक राजनीतिबारे चर्चा गर्नुभएको थियो ।

श्रमिक साकोसमा “भक्तपुर काण्ड” को विरोध तथा भत्र्सना
श्रमिक बचत तथा ऋण सहकारी संस्था लि.को सामाजिक तथा सांस्कृतिक उपसमितिको आयोजनामा ‘भक्तपुर काण्ड’ को विरोध तथा भत्र्सना कार्यक्रम बाचामारीमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा भक्तपुरका उपाध्यक्ष न्हुछेभक्त फोंजुले राज्यस्तरबाट रचिएको ‘भक्तपुर काण्ड’ का पक्षहरूबारे प्रस्ट पार्दै पञ्चहरूले नेमकिपालाई निर्मूल गर्न भक्तपुर काण्ड रचिएको चर्चा गर्नुभयो । उहाँले नेमकिपाले जनताको हितमा शिक्षा, स्वास्थ्य, सरसफाइमा जोड दिइरहेको, एमसीसी र साझेदारी कार्यक्रमको विरोध गरिरहेको बताउनुभयो ।
नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले ‘भक्तपुर काण्ड’ मा भएको ज्यादती, पुस्तक जफत र भक्तपुर काण्डविरोधी सङ्घर्षबारे बताउनुभयो ।

संस्थाका सल्लाहकार लक्ष्मीभक्त कवांले आफ्नो जेल जीवनबारे बताउनुभयो । संस्थाका कानुनी सल्लाहकार विकल प्रजापतिले ‘भक्तपुर काण्ड’ को बारेमा बताउनुभयो ।
उपसमितिका संयोजक कृष्णनारायण मचामसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थापक सल्लाहकार गणेशराम सुवाल, संस्थाका अध्यक्ष राजाराम गोसाई, पूर्वअध्यक्ष दिनेश ग्वाछा, उपसमिति सदस्य लक्ष्मण तचामोले बोल्नुभएकोे थियो ।

कालीघाटमा भक्तपुर काण्डको भत्र्सना कार्यक्रम

भक्तपुर, ९ भदौ । कालीघाट पुस्तकालयको आयोजनामा कालीघाट पुस्तकालयबारे स्थानीयलाई जानकारी दिन तथा २०४५ सालको भक्तपुर काण्डको भत्र्सना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले नयाँ पुस्ताका लागि पुस्तकालय पवित्र स्थल हो, हामीसँग पुस्तकालय नरहे हरेक क्षेत्रमा पछि पर्छ, नयाँ पुस्ताले पुस्तकालयमा अध्ययन गर्छ भन्नुभयो ।
उहाँले नेमकिपाका अग्रजहरूले जनताको राजनैतिक चेतनास्तर विकास गर्न आजभन्दा ५०/६० वर्ष पहिले टोल टोलमा विद्यालय र पुस्तकालय स्थापना गरे; पाटी पौवामा पत्रपत्रिका राखी वाचनालय सञ्चालन गरे† नेमकिपाका अग्रज र कार्यकर्ताहरू जहाँ जहाँ गए त्यहाँ त्यहाँ विद्यालय र पुस्तकालय स्थापना गरेर देश र जनताको सेवा गरे भन्नुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुरमा शिक्षामा धेरै सुधार भएको छ । ख्वप सर्कलमा देशैभरका विद्यार्थीहरू अध्ययनरत छन् । नेमकिपाले १०÷१२ वर्षदेखि ख्वप विश्वविद्यालय स्थापना गर्न सङ्घर्ष गरिरहेको छ । विश्वविद्यालय भनेको संसारका कुनै पनि मान्छे अध्ययन गर्न, विचार विमर्श एवं अनुसन्धान गर्ने थलो हो ।”


उहाँले नाचगानका प्रशिक्षक र गुरुहरूलाई मास्टर डिग्रीको तहमा दर्ज गराउनुको साथै जीवन निर्वाह हुने भत्ताको बन्दोबस्त गर्नुपर्छ भन्नुभयो ।
उहाँले साम्राज्यवादी संरा अमेरिका युद्ध पिपासु हो, अमेरिकी साम्राज्यवादले विभिन्न देशमा आक्रमण गरी मान्छेको हत्या गरेको छ भन्नुभयो ।
भक्तपुर नगरपालिका २ नं वडाका वडाध्यक्ष हरिप्रसाद बासुकलाले कालीघाटमा भक्तपुर नगरपालिकाले शौचालय, भूमिगत ट्याङ्की निर्माण गर्न र कालीघाट पुस्तकालयमा पुस्तक खरिद गर्न आर्थिक सहयोग गरेको बताउनुभयो । उहाँले नेमकिपाले कामदारवर्गका जनताको हितमा कार्य गरेकोले पञ्चायती व्यवस्थाका शासकहरूले षड्यन्त्र गरी नेमकिपालाई समूल नष्ट गर्न खोजिएको हो भन्नुभयो ।
कालीघाट संरक्षण समिति तथा कालीघाट पुस्तकालयका पदेन सदस्य एवं शिक्षासेवी बालमुकुन्द बासुकलाले पुस्तकालयले विश्वमा घटेको महत्वपूर्ण घटनाको जानकारी दिन्छ र स्थानीयलाई थप शिक्षाप्रद बनाउन कालीघाट पुस्तकालयले सहयोग पुु¥याउने विश्वास दिलाउनुभयो ।
सहप्राध्यापक विश्वमोहन जोशीले पृध्वीनारायण शाहले काठमाडौँ आक्रमण गरेपछि पुस्तकालय ध्वस्त गरेको चर्चा गर्दै भक्तपुरमा मल्लकालदेखि पुस्तकालयको सुरुवात भएको हो भन्नुभयो । १९८६ देखि १९८८ सम्म राणाकालमा पुस्तकालय स्थापना गर्न खोज्दा संस्थापकहरूलाई जरिवाना गराएको स्मरण गर्दै उहाँले सत्तल र पुस्तकालयको महत्वबारे बताउनुभयो ।
कालीघाट पुस्तकालयका अध्यक्ष तथा कार्यक्रमका सभापति राजकुमार लघुले पुस्तकालयको वर्तमान अवस्था, स्रोत र साधनबारे जानकारी दिंँदै पुस्तकालयको थप विकासमा सबैको साथ र सहयोग निरन्तर प्राप्त भइरहने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीय समाजसेवी गणेशप्रसाद सुवालले समाज परिवर्तनको लागि पुस्तकालयमा गई अध्ययन गर्न आवश्यक छ† भक्तपुरमा शिक्षाको जागरण आएकोले राजनैतिक सचेतता आएको हो भन्नुभयो । कार्यक्रममा पुस्तकालयका सचिव लक्ष्मीनारायण सुवाल, कोषाध्यक्ष पुण्यराम बासुकला, सदस्य रत्नलाल कैटीले पुस्तकालयको महत्व, विकास र विस्तारबारे चर्चा गर्दै भक्तपुर काण्डको भत्र्सना गर्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार