अध्यक्ष बिजुक्छेँसँग उपप्रमुख डंगोलको भेट


भक्तपुर, ३० साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले मङ्गलबार भेट गर्नुभएको छ ।
सोही क्रममा उपप्रमुख डंगोलले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीसँग पनि भेट गर्नुभएको छ । भेटपश्चात् उपप्रमुख डंगोलले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेजको अवलोकन गर्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार